लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
आज गण्डकी, बागमती , लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीमा वर्षाको सम्भावना - News site from Nepal

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा शनिबार वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेशसहित प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भागका थोरै स्थान तथा सुदूरपश्चिम, कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!