पर्वत – पर्वतको कुश्मा नगरपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको छ । जीविकोपार्जन सुधार कार्यक्रमको माध्यमबाट महिलाको जीवनस्तर उकास्ने¸ स्थानीय स्रोत साधन उपयोग र मूल्य श्रृङ्खलाद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र महिला सशक्तीकरणका लागि संगठित महिला संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत “राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम” सञ्चालन भएको हो । उक्त कार्यक्रम अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा विपन्न महिलाहरुका लागि ५ दिने सिप विकास (बाख्रापालन) तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गदै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गदै जीविकोपार्जन सुधार, वित्तीय पहुँच तथा उद्यमशीलताको माध्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न तालिमले सहयोग पु¥याउने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरुको पहिचान गरी तालिम सुरू गरिएको भन्दै सीप विकासमार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले नगरप्रमुख तालिम लिएका महिलाहरुले आफ्नो सिपलाई व्यवसायीकरण गर्न चाहेमा नगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतको कोषध्याक्ष हेम शर्मा पौडेल, पाङका वडा अध्यक्ष खगराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोजक तथा कुश्मा नगरपालिका उपप्रमुख स्वस्थानी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौत्तम र कार्यक्रमको संचालन सामजिक विकास शाखाकी प्रमुख डिलकुमारी शर्माले गर्नुभएको थियो ।
आईतवार देखि शुरु भएको तालिम २० गतेसम्म संचालन हुनेछ । तालिममा २५ जना विपन्न महिलाहरु समावेश छन् । उनीहरुलाई तालिम प्रश्चात प्रती ब्यक्ति २६ हजारका दरले बाख्रा गरिदका लागि रकम उपलव्ध गराईने छ । ५ दिनसम्म संचालन हुने कार्यक्रमको सहजीकरण कुश्मा नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रुपक कंडेलले गर्नुहुनेछ ।