सशस्त्र प्रहरी बल २५ नम्वर गण चण्डिका पर्वतको २२ औँ स्थापना दिवस सम्पन्न - News site from Nepal

पर्वत- सशस्त्र प्रहरी बल २५ नम्वर गण हेडक्वाटर चण्डिका पर्वतको २२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
२०५८ साल चैत १९ गते स्थापना भएको गणले २२ औँ स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी प्रेम अचार्य  लगायतको उपस्थिति रहेको थियो ।


सो अवसरमा मजकुर सशस्त्र प्रहरी बल नेपाल नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक कालीदास धौवजीले शसस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा लगायत अन्य क्षेत्रमा गरेका गतिविधिहरुका बारेमा बोल्नुभएको थियो । सशस्त्र प्रहरी बल २५ नम्वर गण हेडक्वाटर चण्डिकाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै पर्वतवाट सम्पादित कामका बारेमा जानकारी गराउनुभएको थियो ।


दिवसकै अवसरमा शसस्त्र प्रहरी बल अन्तर्गत शहिदका परिवारसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
दिवसको अवसरमा भलिबल, फुटबल, टेवलटेनिस, दौड, बाधापार, म्युजिकल चियर, हाजिरिजवाफ प्रतियोगिता समेत सम्पन्न भएका छन् भने बृक्षारोपण, रक्तदान, मठमन्दिर सरसफाई लगायतका अन्य कार्यक्रमहरु समेत गरिएको थियो ।
मुलुकको शान्ति सुरक्षा र अमनयचन काम गर्नका लागि सशस्त्र प्रहरी बलको ठुलो भूमिका खेल्दै आएको छ । तत्कालीन द्वन्द्वकालको समयमा स्थापना भएर पर्वत जिल्लाको विभिन्न क्षेत्रमा शान्ति सुरक्षासँगै दैविप्रकोप वा अन्य विपदका घटनामा समेत शसस्त्रले अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!