कुश्मा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगितामा नमुना प्रथम - News site from Nepal
कुश्मा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगितामा नमुना प्रथम

पर्वत- कुश्मा नगरपालिका स्तरीय अन्तरमावि हाजिरिजवाफ प्रतियोगिता शुक्रवार कुश्मामा सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजनामा कुश्मा नगरकमिटिको आयोजनामा भएको प्रतियोगितामा नमुना आवासीय मा.वि कुश्माले प्रथम स्थान हात पारेको छ । नमुनाले ३४ अंक प्राप्त गरेको छ भने २७ अंक सहित नारायण मा.विले द्धितिय स्थान प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय बाल शिक्षा सदन तृतिय र कालीगण्डकी एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ
प्रतियोगितामा आठवटा विद्यालयको सहभागिता रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!