आफ्नै लोगो बनाउँदै पर्वतको जलजला गाउँपालिका - News site from Nepal
आफ्नै लोगो बनाउँदै पर्वतको जलजला गाउँपालिका

पर्वत –  उत्तरी पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) बनाउने भएको छ ।

गाउँपालिका कार्यान्वयनमा आएको ८ वर्षपछि आफ्नै लोगो बनाउने भएको हो । पालिकाले गाउँपालिको पहिचान झल्किन खालको आकर्षक लोगो निर्माण गर्न आव्हान समेत गरेको छ । पालिकाले सुचना जारी गर्दै आकर्षक लोगो बनाउनेलाई रु. दश हजार पुरस्कार दिने घोषणा समेत गरेको छ ।

गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य समावेश गर्नुपर्ने सुचनामा उल्लेख गरेको छ ।

‘लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, संघीय ईकाई वा विभिन्न जात जाति धर्म सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पर्ने जातीय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनिने तथा सार्वजानिक शिष्टाचार प्रतिकुल हुनुहुँदैन,’ सुचनामा भनिएको छ ।

लोगोमा प्रयोग हुने संकेत तथा चिन्हहरु संक्षिप्त स्पष्ट र आकर्षक हुनुपर्दर्ने उल्लेख गरिएको छ । यहि फागुन २३ गतेभित्र लोगो बनाएर खामबन्दी मार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले रु. दश हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । साथै सहभागीहरुलाई पनि प्रमाणपत्र उपलव्ध गराईने उहाँले बताउनुभयो ।

यस अघि पर्वतको मोदी गाउँपालिले आफ्नै लोगो बनाएर प्रयोग गर्दै आएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहले भने नेपाल सरकार र गण्डकी प्रदेश सरकारकै लोगो प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!