पर्वतको पैंयुँमा करेण्ट लागेर एक युवाको मृत्यु - News site from Nepal
पर्वतको पैंयुँमा करेण्ट लागेर एक युवाको मृत्यु

पर्वत : पर्वतको पैंयु गाउँपालिका वडा नं. ६ भोर्लेमा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ ।
स्थानीय काहुँ गाउँका ३० वर्षिय केशवबहादुर थापा मगरको आइतवार विहान साढे ९ बजे करेण्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । आफ्नै कुखुरा फार्ममा विजुलीको बल्व फेर्ने क्रममा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि स्याङ्जाको वालिङतर्फ लगिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । बल्ब फेर्ने क्रममा विजुलीको तारमा चिसोले सर्ट भएकाले करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!