पर्वत- केभिड-१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पुणर् शैक्षिक संस्थाहरु एक साताका लागि बन्द गर्ने निणर्य भएको छ ।
कुश्मा नगरपालिकामा बिहीवार बसेको सरोकारवालाहरुको वैठकले भोली शुक्रवारदेखि लागु हुनेगरी १७ गतेसम्म बन्द गर्ने निणर्य गरेको हो । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च रुपमा बढेकोले सदरमुकाम तथा आसपासमा समेत फैलन सक्ने अवस्थालाई हेरेर नगरपालिका भित्रका निजि तथा सामुदायिक सवै विद्यालय बन्द गर्ने निणर्य गरिएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले जानकारी दिनुभयो । एक सातासम्म विद्यालय बन्द गरेर वैकल्पिक माध्यमवाट पढाई संचालन गर्ने निणर्य भएको हो । १७ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएपनि १८ गते शनिवार परेकोले अब १९ गते मात्रै अवस्था हेरेर विद्यालय खुल्ने भएका छन् ।
यस अघि कुश्मा नगरपालिकाको कार्यालय एक साता वन्द गर्ने निणर्य भएको थियो । नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृतलाई एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि बिहीवारदेखि एक साताका लागि सवै सेवाहरु ठप्प पार्ने निणर्य भएको थियो ।
कार्यालयवाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, योजना फरफारक, राजश्व संकलन भुक्तानी लगायतका कार्यहरु पुणर् रुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकल लगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन् ।






