फलेवासमा रहेको जनता माबिको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न - News site from Nepal

राजन पौडेल
पर्वत- पर्वतको फलेवास नगरपालिका वाड नं. ६ मा रहेको जनता माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमका बिच सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख पदम पाणी शर्माले अवको शिक्षा निति ब्यवहारिक हुनु पर्ने बताउनुभएको छ । उहाँले केही समय अगाडी सामुदायिक स्कुलको अवस्था दयनिय देखिएता पनि पछिल्लो केहि बर्षमा सामुदायिक स्कुलमा पनि गुणस्तरीय पढाई भएको र नतिजा पनि सोहि अनुरुपको आएको बताउनुभयो । शर्माले निजि विद्यालयमा घोकन्ते शिक्षा हुने र सामुदायिकमा स्वतस्फुतर् रुपमा आफ्नो चाहाना अनुसार विद्यार्थीले अध्ययन गर्ने हुनाले सामुदायिक स्कुलको सिकाई प्रणालीलाई दोष दिन नमिल्ले ठोकुवा गर्नुभएको छ ।
प्रमुख शर्माले सामुदायिक स्कुलको सिकाई प्रणाली सहि भए पनि शिक्षा नितिमा भने सुधार गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक स्कुलको शिक्षा प्रणालीमा परम्परागत नितिलाई परिर्वतन गरी विद्यार्थीहरुलाई आकर्षण गर्ने खालका सृजनात्मक कार्यक्रम ल्याउन तर्फ सोच्नु पर्ने अवस्था आएको बताउनुभयो । पर्वतमा पनि राम्रो नतिजा ल्याएर नाम कमाएका सामुदायिक विद्यालय रहेको सुनाउदै सोहि विद्यालयको सिको गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नगर शिक्षा अधिकृत कृष्ण आचार्यले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनमा शिक्षक र अभिभावकको ठुलो हात भएको बताउनुएको छ । उहाँले सामुदायिक विद्यालयलाई हेनर्े नजरमा केहि दोष भएको स्पष्ट पार्नुभएको छ । शुल्क तिर्दैमा निजिमा राम्रो र निःशुल्क रुपमा पढाई हुने सामुदायिक स्कुलमा गुणस्तरहिन पढाई हुन्छ भन्ने भ्रमलाई चिर्नु पर्नेमा जोड दिनुभयो ।
स्कुलको बार्षिक उत्सवको अवसरमा विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक युवराज शर्माले राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक जिवनाथ पौडेल र शिक्षिका धना पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!