पर्वतको फलेवासमा अनलाईन कक्षा संचालन गर्न शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम शुरु - News site from Nepal

रामचन्द्र भुसाल
पर्वत/ पर्वतको फलेवास नगरपालिकाले अनलाईन कक्षा शिक्षण पद्धतिको लागि शिक्षकहरुलाई प्रशिक्षण दिन थालेको छ ।
कोरोनाका कारण बन्द भएका नगरपालिकाका सवै सामुदायिक विद्यालयहरुमा अनलाईन कक्षा संचालन गर्नका लागि एक हप्ते प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गण्डकी प्रदेश तालिम केन्द्र तनहुँको प्राविधिक सहयोगमा संचालित प्रशिक्षणमा अधिकांस सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।
पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणले भौतिक रुपमा विद्यालयमा उपस्थिति भई कक्षा सञ्चालन गर्ने वातावरण नभएका कारण अनलाईन कक्षाको माध्यमबाट शिक्षण गर्ने परिस्थितिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । तालिममा जुम एप्सको प्रयोगबाट शिक्षण गर्ने विधिको बारेमा दैनक ४ घण्टाको दरले विहान ११ बजेदेखी छलफल गरिने समय तालिका रहेको छ ।
प्राविधिक रुपमा तलिम सञ्चालन तथा सहजिकरणको लागि गण्डकी प्रदेश तालिम केन्द्रका मुख्य प्रशिक्षक विदुरहरी आचार्य र आशिष अधिकारीले सहजीकरण गर्नुहुने भएको छ ।


तालिममा नगर भित्रका विद्यालयमा विभिन्न तहमा शिक्षण गर्ने शिक्षहरुको सहभागितारहेको छ । फलेवासले नगरभित्रका सवै तहका सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पुर्‍याउने उद्धेश्यका सहित प्रविधि जडान गर्ने रकम विनियोजन गरिएकाले वल्र्डलिंक कम्पनिको इन्टरनेट जडान गर्ने प्रक्रिया लगत्तै सुरु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!