पर्वतको कुश्मा नगरपालिकामा विद्यार्थी मुल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने तयारी - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले कोभिड संक्रमणका कारण विद्यार्थी मुल्यांकनको आधारमा अंक दिएर परीक्षा सञ्चालन गर्ने भएको छ ।
नगरपालिका स्तरीय आधारभूत तह उत्तीणर् परिक्षा कक्षा ८ र कक्षा १ देखि ९ सम्मको परीक्षा भौतिक उपस्थितीमा सञ्चालन गर्न नसकिएको कुश्मा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
हिजो कुश्मा नगरपालिकामा बसेको नगरपालिका स्तरीय आधारभूत शिक्षा उत्तिणर् परीक्षा समन्वय समितिको बैठक बसी भौतिक उपस्थितीमा परीक्षा गर्न नसक्ने ठहर गरि मुल्यांकनको आधारमा अंक दिने निणर्य गरिएको हो । नगरपालिकाले जेठ ३ गते देखि परिक्षा सञ्चालन गर्ने भनेको थियो । तर कोभिड १९ को संक्रमण बढेपछि परीक्षा रोकिएको छ । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले विद्यार्थी मुल्यांकन बाट प्राप्तंक विद्यालयलाई आईइएमआईएस अनलाईन सफ्टवेयरमा प्रविष्ट गर्न भनिएको बताउनुभयो ।
विद्यालयले यस पूर्व सञ्चालन गरेका त्रैमासिक त्रैमासिक र अर्धवार्षिक परीक्षा तथा निरन्तर विद्यार्थी मूल्यांकन, अनलाईन परीक्षा, मौखिक परीक्षा लगायतलाई आधार मानेर अंक दिईने तिवारीले बताउनुभयो । साथै मौखिक परीक्षा, अभिभावकको समन्वयमा घरमै परीक्षा सञ्चालन लगायतका बैकल्पिक परीक्षाको माध्यम अवलम्बन गरिने नगर शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले बताउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि बिद्यार्थी मूल्यांकनको आधारमा परीक्षा लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!