पर्वत- स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले स्थापित मिलन फाउन्डेशन नेपालले बिहीबार फेरि विद्यार्थीहरुलाई जाडोको पोसाक वितरण गरेको छ ।
पर्वतको मोदी गाउँपालिका ५ मा रहेको जनआदर्श आधारभूत विद्यालयका झन्डै ९० विद्यार्थीलाई ट्याकसुट वितरण गरिएको हो । विद्यार्थीलाई फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ (मिलन) को तर्फबाट आमा एवं मिलन ट्रष्ट २०७४ की संरक्षक सावित्रीकुमारी गुरुङले न्यानो कपडा वितरण गरेकी हुन् ।
यसअघि मिलन फाउण्डेशन नेपालले पर्वतकै मोदी गाउँपालिकाको पातिचौर बजारस्थित पशुपति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको थियो ।
मिलन फाउन्डेशन सन् २०१५ मा स्थापना भएको हो । स्थापनापछि निरन्तर काम गर्दै आएको यो संस्थाले कुनै बाहिरी व्यक्तिबाट रकम संकलन गरेको नभइ आफ्नै परिवारका सदस्यको आम्दानीबाट जोहो गरेर वार्षिक र अर्धबार्षिक रुपमा सहयोग पुर्याउँदै आइरहेको छ ।
सोहि अवसरमा मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले ५० जना विद्यार्थीलाई टिफीन र २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।