अधिकारी वंश प्रतिष्ठान पर्वतको सपथ ग्रहण कार्यक्रम सम्पन्न - News site from Nepal
अधिकारी वंश प्रतिष्ठान पर्वतको सपथ ग्रहण कार्यक्रम सम्पन्न

पर्वत- कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान नेपाल पर्वतको जिल्ला कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
हालै गठिन नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराइएको हो । कार्यक्रममा अधिकारी वंश प्रतिस्ठान नेपालका केन्द्रीय सदस्य गोविन्द अधिकारीले अधिकारी वंशको संरक्षण र सम्वद्र्धनका लागि सम्पुणर् अधिकारी बन्धुहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रतिष्ठानको केन्द्रीय समितिले प्रकाशन गर्न लागेको दोस्रो संस्करण छिटै प्रकाशन हुने जानकारी गराउँदै छुटेका नामहरुलाई समावेश गर्न सकिने बताउनुभयो । कोहि पनि अधिकारी बन्धुहरु वंशावली प्रकाशनमा छट्न नहुने बताउनुभयो । यो प्रतिष्ठान विशुद्ध गोत्रिय प्रतिस्ठान भएकाले यस संगठनमा राजनीति नभई अधिकारीहरुको पहिचानका लागि आफ्नो इतिहास ज्यूँदो राख्न सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष देविप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष केशव अधिकारी, द्धितिय उपाध्यक्ष लोकप्रसाद अधिकारी, कोषाध्यक्ष उपेन्द्र शर्मा अधिकारी सदस्य राधादेवी अधिकारी, आनन्द अधिकारी मोहदत्त अधिकारी लगायतले बोल्नुभएको थियो ।
जिल्ला कार्यसमितिका अध्यक्ष चिरञ्जिवि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य राधादेवी अधिकारी र संचालन रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।
अधिकारी वंश प्रतिस्ठान पर्वतले जिल्लाभरीका अधिकारी बन्धुहरुलाई संगठिन गर्ने योजना बनाएको छ । पर्वतको लुंखु, मल्लाज, बाजुङ लगायतका क्षेत्रमा भेला तथा छलफल गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!