पौडेलको सहयोगमा लायन्स चौतारीद्धारा जन प्रकाशका विद्यार्थिहरुलाई ब्याग हस्तान्त्रण - News site from Nepal

पर्वत- हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आफनो नियमित कार्यक्रम अन्र्तगत जन प्रकाश आधारभुत बिद्यालय मोदि ६ तिलाहार का १५ जना गरिव तथा जेहेन्दार विद्यार्थिहरुलाई ब्याग हस्तान्त्रण गरेको हो ।
कामना सेवा विकास वंैक वाग्लुङ्ग शाखाका शाखा प्रवन्धक धु्रव पौडेलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रवन्धक पौडेलले आफनो खाजा खर्च कटाएर वार्षिक रुपमा समाजिक कार्य गर्दै आउनुभएको छ ।
लायन्स कलव अफ पर्वत चौतारीका अध्यक्ष टंकनाथ लामीछानेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी रहनुभएको थियो । कार्यक्रममा वोल्दै पुरीले कलवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गनुभएको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेल, प्रअ ख्याम वहादुर लामिछाने जिल्ला समन्वय समिति सदस्य नन्दलाल सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम मा कलवका पदाधिकारी विभिन्न संघ सस्थाका प्रतिनिधि टोल सुधार समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्तीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!