पर्वतको मुडिकुवामा रहेको गहते आम्वोट आधारभुत विद्यालयमा फिल्डर हस्तान्तरण - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको गहते आम्वोट आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई स्वच्छ पिउने पानी उपलव्ध गराउने उद्धेश्यले फिल्टर वितरण गरिएको छ ।
विद्यालयका दुई जना भुतपुर्व विद्यार्थीको सहयोगमा ८ वटा कक्षाकोठालाई एक एक वटाको दरले वितरण गरिएको हो । पूर्व विद्यार्थी तथा काठमाण्डौ फलेवास समाजका अध्यक्ष दिपक तिवारी र माटेदेवल मावि मुडिकुवाका मावि शिक्षक उपेन्द्र तिवारीले उक्त फिल्टर सहयोग गर्नुभएको हो । ग्रामीण क्षेत्रमा संचालित विद्यालयमा अध्ययनरत विद्यार्थीले स्वच्छ पिउने पानी पाउन र उनिहरुको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्धेश्यले फिल्टर सहयोग गरिएको सहयोगदाता उपेन्द्र तिवारीले बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सवै निकायको सहयोग आवश्यक रहने बताउनुभयो । निजि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला गहते आम्वोट विद्यालय प्रतिस्पर्धात्मक हिसावले अघि बढेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सके महङ्गो शुल्क तिरेर निजि स्कुलमा पढाउन जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाले फलेवास नगरपालिकाको शैक्षिक सुधारका लागि योजनावद्ध ढंगले अघि बढेको समेत बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक मोती चुवाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!