कुश्माको नमुना आबसिय माबिको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन - News site from Nepal

 

शान्ति सुबेदी
पर्बत- 
नमुना आवासीय आवासिय मा वि को ३१ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह फाल्गुण ११ र १२ गतेसम्म दुई दिन गरि भव्य रुपमा सम्पन्न भएको छ । ‘प्रविधी युतm शिक्षा आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सञ्चालन भएको विद्यालयले दुई दिन सम्म आफ्नो दिवस मनाएको हो । २०७४ सालमा गण्डकी प्रदेशकै उत्कृट विद्यालयमा छनोट भएको विद्यालयले विविध विधाहरुमा पुरस्कार तथा सम्मान गरेको छ । वार्षिक उत्सव,को पुर्व सध्यामा विद्यार्थीहरु आफ्नै मेहेनेतबाट निर्माण गरेका वैज्ञानिक सामाग्रिहरुको प्रदर्शन समेत गरिएको थियो । विज्ञान प्रदर्शनमा विद्यार्थीहरुले रोवर्ट वनाएर विद्यालयलाई हौसला प्रधान गरेको प्राचार्य इन्द्रमान खत्रीले बताउनु भयो ।साथै विभिन्न खालका वैज्ञानिक वस्तु ‘तोप’ जस्ता राणकालमा प्रयोगमा आउने वस्तुहरुसो अवसरमा विद्यार्थीहरुले प्रदर्शन गरेको शक्षिक इन्चार्ज जलन खत्रीले बताउनुभयो । वर्ष २०७५ को अन्तिम परीक्षा र २०७६को प्रथम द्वितीय र तृतीय त्रयमासको सबै शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण सहित विद्यार्थीद्वारा तयार गरिएका सांगीतिक सांस्कृतिक कार्यक्रम नाटक मञ्चन तथा खेलकुद कार्यक्रम सहित अभिभावकहरुका महिला पुरुष छेला हान्ने, घैंटो फुटाउने र म्युजिकल चियर खेल, खेलाएको हो । उत्षवकै अवसरमा भुपु विद्यार्थीहरुलाई पनि सम्मान गरिएको हो ।

जसमध्ये झलक पौडेल, पि एच डि, जेसिका शर्मा र अनिल शाही दुई जना सि ए, मानव तिवारी एम बि बि एस, प्रविन गौतम, शोभा शर्मा,सुरेश पौडेल, नवीन शाही इञ्जिनियर अध्ययन पूरा गर्नु भएकाहरुलाई खादा,दोसल्ला,टीका र सम्मान पत्रबाट सम्मान गरियो भने वर्ष शिक्षकका रुपमा इन्दु जि सी, समुन्द्र पौडेल र चक्रपाणी शर्मा, कर्मचारी तर्फ देवी लामिछाने, बस चालक चन्द्रबहादुर खत्रीलाई दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो । ५ देखि २१ वर्षभन्दा बडी सेवा गरिरहेका १८ जना शिक्षक कर्मचारीलाई औषधि खर्च रकम प्रदान पनि गरिएको हो ।

यसै गरि कृषि क्षेत्रमा विशेष योगदान गर्नुहुने स्वर्ग कृषि तथा पशु फर्मका सञ्चालक अम्बिका शर्मा सम्मान पत्र सहित सम्मान गरियो भने पर्वत जिल्ला अस्पतालको विकासमा उल्लेखनीय योगदान बापत गोबिन्द पहाडीलाई र विष्णुप्रसाद नेवारलाई खेलकुद, शिक्षा र समाजसेवामा योगदान गरेवापत सम्मान गरियो साथै वार्षिकोत्सब सफल पार्न खट्नुभएका लेखा प्रमुख प्रेमप्रसाद पौडेल,शिक्षक लोकप्रसाद पौडेल,रमेश श्रेष्ठ,संझना बस्याल,सुश्मा शर्मा,सञ्जय जैसी,भरतकुमार श्रेष्ठ, बिष्णु मल्ल लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख उद्धीमराज पौडेल,विशिष्ट अतिथिमा साहित्यकार राजेन्द्र पहाडी,गुप्तेश्वर क्याम्पसका प्रमुख सुवास पन्त, वडाध्यक्ष सुवासचन्द्र पौडेल,छिमेकी विद्ध्यालयका शिक्षक मदुसोधन अधिकारी अम्बिका आचार्य लगायत प्याब्सन प्रतिनिधि अभिभावक उदय सुवेदीको मन्तव्य सहित सम्पन्न भएका हो विद्यालयका गतिविधि र वार्षिक कार्यक्रमको जानकारी प्राचार्य इन्द्रमान खत्रीले गर्नुभएको थियो । विद्यालयका अध्यक्ष्य यम प्रसाद शर्माको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप प्राचार्य खेमराज शर्माले गनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!