नगरप्रमुख रामचन्द्र जोशीको संयोजकत्वमा शिक्षा समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नम्बर १ का अध्यक्ष देबेन्द्रप्रसाद सुबेदी, वडा नम्बर ५ का अध्यक्ष चित्रकला शर्मा भारती, शिक्षा सेवीबाट कुलप्रसाद उपाध्याय र विद्यालयका प्रअ मध्येबाट पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटा समितिको सदस्य रहनुभएको छ ।

शिक्षामा देखिएका विभिन्न समस्या समाधान गर्न र शिक्षा सम्बन्धि रणनीति बनाउन समिति बनेपछि सहज हुने नगरप्रमुख तथा शिक्षा समितिका संयोजक रामचन्द्र जोशीले जानकारी दिनुभयो । नगर कार्यपालिकाले घरभाडा सम्बन्धि कार्यविधि, स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि कार्यविधि र बालमैत्री स्थानीय तह कार्यविधि पारित भएका छन् ।

संविधान अनुसार बनाउनुपर्ने सामाजिक समिति बनिसकेको छ भने अझै न्यायिक समिति, अर्थ समिति, विद्यायन समिति बनेको छैन । नगरपालिकाले बनाउनुपर्ने ऐन र कार्यविधि समेत आवश्यकता अनुसार बनाउँदै आएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।