
पर्वत : शिवालय बहुमुखी क्याम्पसको नबौ वार्षिकोत्सब सन्दर्भमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता क्याम्पसको प्राङ्गणमा समपन्न भएको छ। खेलहरुको सुभारम्भ गर्दै क्याम्पस सल्लाहकार समिति सदस्य युबा सामाजिक ब्याक्ति शंकर गिरिले खेलले नै मानिसको सर्बाङ्गिण बिकास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने जिकिर गर्दै खेलमा सबैलाई सहभागी सँगै खेल बिकासको लागी ध्यान जानु पर्ने बताउनु भयो।
नेकपाका युवा नेता समेत रहनु भएका गिरीले खेलमा युवाहरुको मन जितेर युवाहरुको उल्लेखनिय सहभागीता सहित खेल बिकास हुनु पर्ने र त्यसको लागी आफु सधै सकारात्मक रहेको स्पष्ट पार्नु भयो।
हाजिरीजवाफ प्रतियोगितामा मनोहरि शर्मा, बिपना सापकोटा र प्रतिभा पौडेल को समुह प्रथम, बिशाल शर्मा, समुन्द्र गिरी र साजन साहि ठकुरी को समुह दृतिय साथै प्रेम परियार, बिनोद परियार र कल्पना तिवारीको समुह तृतिय स्थान हासिल गरेका छन्।
त्यस्तै लठ्ठा तान्ने तर्फ शान्ती, सन्जु, कृति, बिनिता, सुमित्रा, बिमला, सम्झना, सपना, पुष्पा, एलिन, देवका लगायका बिद्यार्थीहरुको समुह बिजेता भएको छ। क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु नेवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्चालक समिति सदस्य तोयनाथ चालिसे, शिक्षकहरु र बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने संचालन शिक्षक लेखनाथ उपाध्याय र आनन्द पौडेलले गर्नु भएको थियो।