
गण्डकी प्रदेशको राजधानी पोखरामा फागुन १५ गते हुने प्रदेश स्तरीय प्रतियोगिताको लागि पर्वतबाट पनि सहभागी पठाउन छनोट चरणको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको कुस्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका अधिकृत दिपक सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार प्रतियोगितामा जिल्लाभरका १६ बर्ष उमेर पुरा गरी २४ बर्ष पार नगरेका विद्यार्थी वा अन्य जोकोहीले पनि भाग लिन पाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट बन्ने प्रतिस्पर्धीलाई प्रदेश स्तरको प्रतिस्पर्धामा भाग लिनका लागि पोखरा पठाइने छ ।
पर्वतमा आयोजना हुने छनोट चरणको वक्तृत्वकला प्रतियोगिता यही फागुन ८ गते सदरमुकाम कुश्माको शिवालय माध्यमिक विद्यालयमा बिहान ११ बजेबाट सुरु हुँदै छ । वक्ताहरुले शिक्षाको रुपान्तरणमा युवाको भूमिका शीर्षकमा आप्mना बिचार र तर्क प्रस्तुत गर्नुपर्ने पनि नगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्ने प्रतिस्पर्धाहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । भने प्रथम हुनेले फागुन १५ गते पोखरामा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।
प्रतिस्पर्धामा भाग लिन आउनेहरुलाई नेपाली नागरिकता वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि पनि साथमा ल्याउनुपर्नेछ । यदि प्रतिलिपि नभएमा आपूm बसोबास गर्दै आएको पालिकाबाट स्थायी बासिन्दा भएको प्रमाण तयार गर्नुपर्ने छ ।
यस्तै, विद्यालय वा क्याम्पसबाट सहभागी हुनेहरुले संस्थाको आधिकारिक पत्र समेत संलग्न गर्नुपर्ने शिक्षा अधिकृत सुवेदीले बताउनुभयो ।