पशुपति माविको स्वर्ण महोत्सव जारी ः सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्छ ः सभामुख अधिकारी - News site from Nepal

पर्वत– गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गरिव, विपन्न र निमुखावर्गका समुदायका विद्यार्थीले सहज रुपमा पठनपाठन गर्ने सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधार गर्न आबश्यक रहेको बताउनुभयो भएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीमा रहेको पशुपती उच्च माविको स्वर्ण महोत्सव समापन समारोहलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा नै विकास र समृद्धिको आधार रहेको बताउँदै उहाले जबसम्म शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार हुदैन तब सम्म शैक्षिक क्षेत्रको उन्नती र प्रगती नहुने उहाको दाबि थियो । उहाँले शिक्षामा सुधारको निम्ति सरकारको तर्फबाट र प्रयास भएको बताउनुभयो ।
उहाँले पुशपति माबिको चौतर्फी विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ । शैक्षिक क्षेत्रको उन्नतीको लागि शैक्षिक गुणस्तर कायम हुनुपर्ने र त्यसका लागि विद्यालयको भौतिक पुर्वाधारहरुको समेत विकास हुनु जरुरी रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद ललितकला गुरङले सरकारी संरचनाको विकासका लागि हरेकले राजनीति भन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभयो । स्वर्ण महोत्सवका अवसरमा आयोजित अन्तरमाबि नृत्य कला प्रतियोगिता पनि सम्पन्न भएको छ । नृत्य प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम पनि सम्पन्न गरीएको आयोजक समितिका सचिब रमेश केसीले जानकारी दिनुभयो ।
सभामुख अधिकारीले बिजेताहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको थियो । यसैबीच बिहीवार महोत्सब समापन समारोहको राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश तिमिल्सीनाले सम्बोधन गर्न कार्यक्रम रहेकोे छ । भोली बृहत पुर्नमिलन कार्यक्रम समेत रहेको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!