पर्वतका दुई सामुदायिक विद्यालयलाई लायन्स क्लबद्धारा हिटर वितरण - News site from Nepal

पर्वत– जाडो याममा सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाहरुले सहज रुपमा पठन पठान गर्न सकुन भन्ने उद्धेश्यले पर्वतमा क्रियाशिल लायन्स क्लब अफ गुप्तेश्वरले हिटर वितरण गरेको छ ।
कुस्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय प्रा.वि र वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी प्रा.वि लाई हिटर प्रदान गरिएको हो । लायन्स क्लब अफ गुप्तेश्वजरका सदस्यहरू यम शर्मा र कृष्ण मल्लको जन्मदिनको अबसरमा उक्त हिटर वितरण गरिएको अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा लायन्स ३२५ वि १ का रिजन चियर पर्सन कृष्णप्रसाद श्रेष्ठले चिसोको समयमा हिटरको विद्यार्थीहरुले भरपूर उपयोग गर्नेमा विस्वास व्यक्त गर्नुभयो । यस्ता रचनात्मक कार्यको लागी लायन्स क्वल अफ गुप्तेस्वरलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष मुना शर्मा लामीछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत प्रथम उपाध्यक्ष यम शर्माले र संचालन सचिव धनराज वि पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सूर्योदय प्रा बिका प्रधानध्यापक कल्याण सुबेदी र स्यानीपोखरी प्राविका प्रधानध्यापक राम वहादुर के.सीले विद्यालयलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!