पशुपती मावि राम्जाठाँटीको स्वर्णमहोत्सव समारोह ः शिक्षाको विकास विना सवै पूर्वाधार अधुरो ः मन्त्री बस्नेत - News site from Nepal

पर्वत– गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले गुणस्तरीय जनशक्तिको उत्पादन बिना अन्य सवै खालका पूर्वाधारहरु अधुरै हुने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीमा रहेको पशुपती उच्च माविको स्वर्ण महोत्सव समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले शिक्षा राम्रो हुन नसकेमा सवै क्षेत्रमा समस्या सिर्जना हुने बताउनुभयो । डाक्टर, इन्जिनियर, वैज्ञानिक सवै शिक्षावाट नै उत्पादन हुने जनशक्ति भएकाले शिक्षालाई गुणस्तरीय, व्यवहारीक र प्रविधियुक्त बनाउनुपर्नेमा उहाँको जोड छ । मन्त्री बस्नेतले अव परम्परागत शिक्षालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अबको शिक्षा स्वरोजगारमुलक हुनुपर्नेमा जोड दिँदै गण्डकी प्रदेश सरकारले पनि सामुदायिक विद्यालयहरुमा प्रविधियुक्त शिक्षा विस्तारमा लागेको बताउनुभयो ।
उहाँले अब एक स्थानीय तह एक प्राविधिक शिक्षालयको अवधारणा अनुसार सरकार लागेको बताउँदै यसमा स्थानीय सरकारहरुले पनि साझेदारी गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेले पाँच वर्ष भित्रमा गण्डकी प्रदेशका सवै स्थानीय तहहरु पूर्वाधारले सम्पन्न हुने दावी समेत गर्नुभएको छ । उहाँले विकास निर्माणका काममा बजेटको अभाव हुन नदिने समेत दोहो¥याउनुभयो ।
अर्को प्रसंगमा मन्त्री बस्नेतले कालोपत्रे हुन लागेको डिमुवा–राम्जा सडकको बाँकी खण्डमा पनि यसै आर्थिक वर्षभित्र बजेट बिनीयोजन गरी काम सम्पन्न गरिने बताउनुभयो । अब सँधैधर जोखिम मोलेर नागरिकहरु कच्ची बाटोमा हिड्नुपर्ने बाध्यता हट्ने बताउँदै मन्त्री बस्नेतले अब सवै सडकहरुको स्तरोन्नती गरिने बताउनुभयो । सडक मात्र नभई सिंचाई, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्यका पूर्वाधारहरु पनि समयमै सम्पन्न गर्नका लागि सवैले निगरानी राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जुनादेवी नेपालीले गण्डकी प्रदेशले प्रत्यक्ष रुपमा नागरिकलाई फाईदा पुग्नेगरी आफ्ना कार्यक्रमहरु लागु गरेको बताउनुभयो । उहाँले बिनीयोजित बजेट र संचालित विकास निर्माणका योजनाहरुलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्नका लागि जनप्रतिनिधि र स्थानीय नगारिकले पनि चासो राख्नुपर्ने बताउनुभयो ।
स्वर्ण महोत्सवका अवसरमा आयोजित अन्तरवडा भलिवल प्रतियोगिता पनि सम्पन्न भएको छ । भलिवल प्रतियोगिताको बिजेता महाशीलाको दुक्तान समुहले हात पारेको छ । उसले १ लाख ११ हजार १ सय ११ रुपैया सिल्ड मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो कुश्मा नगरपालिका वडा नं. १४ ले हात पारेको छ । उसले ५५ हजार ५ सय ५५, त्यसैगरी तेस्रोमा मोदी गाउँपालिका वडा नं. १ भुकताङले भएको छ । उक्त समुहले ३५५५५ र सान्त्वनामा मोदी गाउँपालिका वडा नं. ५ बाजुङले हात पारेको छ । उक्त समुहले १५५५५ प्राप्त गरेको छ ।
मन्त्री वस्नेतले भलिवल खेलका बिजेताहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको थियो । सोमवारदेखि अन्तरवडा रत्यौलीगीत प्रतियोगिता संचालन हुने आयोजक समितिका सचिब रमेश केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!