शैक्षिक गुणस्तर सुधारमा शिक्षककै भूमिका मुख्य ः उपमेयर अधिकारी - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारी लम्सालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुकै भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय शिक्षक संगठन फलेवास नगरपालिका वडा नंं. ९ भँगराको वडा भेलालाई सम्वोधन गर्दै उपप्रमुख अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावकहरु जिम्मेवार नभएसम्म सामुदायिक विद्यालयलाई सुधार गर्न नसकिने बताउनुभयो । राज्यले सामुदायिक विद्यालयको क्षेत्रका ठुलो धनराशी खर्च गरिरहेको बताउँदै अझैपनि ग्रामीण क्षेत्रका बासिन्दाहरु गुणस्तरीय शिक्षाको खोजीमा शहरबजार झर्नु दुःखद भएको बताउनुभयो । उहाँले फलेवास नगरपालिकाले शैक्षिक सुधारका लागि कार्ययोजनालाई बनाएर अघि बढेको बताउँदै यसको सफल कार्यान्वयन पछि अधिकांस विद्यार्थी गाउँ फर्किने बताउनुभयो ।
उहाँले विकास निर्माणका कार्यहरुलाई प्रभावकारी बनाउन नागरिकहरुको सक्रियता र प्रत्यक्ष निगरानी आवश्यक पर्ने बताउनुभयो । गाउँगाउँमा विकास निर्माणका कार्यहरु धमाधम भैरहेका छन्, तिनीहरुलाई समयमै सम्पन्न गर्न तपाईहरुले पनि चासो दिनुहोस् उपप्रमुख अधिकारीले भन्नुभयो । उहाँले अबको दुई वर्षमा फलेवास नगरपालिकाले मुहार फेर्ने पनि बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष गंगाधर शर्मा, वडा नं. ८ का अध्यक्ष मनबहादुर कुँवरले पनि बोल्नुभएको थियो ।
शिक्षकहरुको भेलाले प्रदिप भुसालको अध्यक्षतामा १२ सदस्यीय वडा राष्ट्रिय शिक्षक संगठन वडा कमिटि गठन गरेको छ । कमिटिको महिला उपाध्यक्षमा गायत्री शर्मा सुवेदी, सचिबमा सुर्यबहादुर विक, कोषाध्यक्षमा शुशिला सुवेदी रहनुभएको छ ।
संगठनका सदस्यहरुमा हेमाकुमारी सापकोटा क्षेत्री, कृष्णप्रसाद लामिछाने, विष्णुकुमारी क्षेत्री, डिल्लीप्रसाद सुवेदी, टिकाराज शर्मा, हरिप्रसाद शर्मा, चन्द्रशेखर भुसाल, र कला शर्मा सापकोटा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!