पर्वत : गुप्तेश्वर बहुमुखी क्याम्पसको २४ औँ बार्षिकोत्सवको अवसरमा नेपाल विद्यार्थी संघ इकाई कार्यसमितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितमा विपना तिमिल्सिना, अस्मिता पौडेल, सन्तोष पाठक, सम्झना पौडेल र उन्नति शर्मा क्रमशः प्रथम, द्धितिय, तृतिय र सान्त्वनामा हुनुभएको छ । प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख सुभाष पन्तले गर्नुभएको थियो । कार्यक्रम बोल्दै पन्तले नेपाल विद्यार्थी संघले विद्यार्थी हक अधिकार लागि धेरै सक्रिय रहेको बताउनुभयो । इकाई कार्यसमितिले विगत देखि नै धेरै रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै क्याम्पस प्रमुख पनतले नृविसंघले गर्दै आएका काम तथा क्रियाकलापहरुको प्रशंशा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष किशोर सुबेदी लगायत बोल्नु भएको थियो । नेपाल विद्यार्थी संघ इकाई अध्यक्ष शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्वय विद्यार्थी नेतृ पुजा अधिकारीले राख्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम संयोजक विद्यार्थी नेता सुजन पुन मगरले गर्नुभएको थियो ।