पर्वतका सामुदायिक विद्यालयको एस.इ.ई नजितामा सुधार ल्याउन अन्तरक्रिया - News site from Nepal

पर्वत : कक्षा दशको अन्त्यमा लिईने एस.ई.ई. परीक्षाको नतिजा सुधार गर्नको लागि पर्वत सदरमुकाम कुश्मा बजारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा आज र भोली दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा पर्वत जिल्लाबाट उच्चतम  र न्यूनतम नतिजा ल्याएका विद्यालयका सरोकारवालाहरुको सहभागिता रहेको छ ।
मन्त्रालयका शाखा अधिकृत ऋषि बास्तोलाका अनुसार अन्तरक्रियामा न्यूनत अंक ल्याएका पैयूँ गाउँपालिकाको जनसेवा संस्कृत माध्यमिक विद्यालय, बिहादी गाउँपालिकाको शालिग्राम माध्यमिक विद्यालय र महाशिला गाउँपालिकाको महेन्द्रज्योती माध्यमिक विद्यालय तथा उच्चतम नतिजा प्राप्त गरेका सदरमुकाम कुस्मा बजारको नारायण माध्यमिक विद्यालय र मोदी गाउँपालिकाको नवजागृत माध्यमिक विद्यलयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा सामाजिक विकास समितिका संयोजकमध्येबाट एक जना, सम्बन्धित पालिकामा शिक्षा प्रशासन हेर्ने एक जना कर्मचारी सहित शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुखको सहभागिता रहेको छ । फलेवास नगरपालिका र जलजला गाउँपालिकाको नतिजा मध्यम स्तरका रहेका कारण ती पालिकाहरुबाट सहभागी गराइएको छैन् ।
अन्तरक्रियामा उच्चतम नतिजा ल्याएका विद्यालयहरुले कार्यपत्र मार्पmत आप्mनो विद्यालयको नतिजा राम्रो आउनुको कारणबारे जानकारी गराउने छन भने कम नतिजा ल्याएका विद्यालयका प्रतिनिधिले विद्यालयमा रहेका चुनौतीहरुको बारेमा जानकारी गराउने छन् । अन्तरक्रियामा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका उप सचिव दामोदर सुवेदीको पनि बिशेष सहभागिता रहेको छ ।
मन्त्रालयका अनुसार नतिजा अभिबृद्धि गर्ने लक्ष्य राखिएको यो कार्यक्रम प्रदेशका ११ जिल्लाहरुमध्ये पर्वत, मुस्ताङ, मनाङ, गोरखा र कास्कीमा संचालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!