
ठाकुर रसाईली/लोकतन्त्र
पर्वत- बिहादी गाउँपालिका १ बाच्छा चिफलेढुङ्गामा अबस्थित जनकल्याण प्राथमिक विद्यालयको दोस्रो बार्षिकोत्सवको एवं अभिभावक दिवस बिभिद शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधि मोहन गुरुङले गुणस्तरीय र ब्यबहारिक शिक्षाले मात्रै समाज देशको बिकास हुने बताउँदै यस तर्फ सबै लाग्न आह्वान गर्नुभयो । नेता गुरुङले बाच्छा गाउँवाट आफ्नो राजनीतिक सामाजिक जीवनमा विगतदेखि नै माया पाएको स्मरण गर्दै विभिन्न सामाजिक काममा सहकार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा नेता गुरुङले विद्यालयलाई एक थान कम्प्युटर प्रदान गर्नुभएको छ भने विद्यालयमा नयाँ शैक्षिक सत्र २०७७ देखि लागू हुनेगरि आफ्नो स्वर्गीय आमाको नाममा स्थापित टिकाश्री गुरुङ प्रतिष्ठान बाट १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष खडा गर्ने प्रतिबद्धता समेत प्रदान गर्नुभएको छ ।
कार्यक्रममा आमाछोरी नेपाल बेल्जियमका तर्फबाट पनि स्थानीय ४ वटा बिद्यालयका १ सय ३० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्षका उमेदवार उज्जवल गुरुङले हरेक बिकास र परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहेकाले विद्यार्थीलाई ब्यबहारिक शिक्षा दिनुपर्ने र शिक्षामा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो ।
बिहादी १ बाच्छाका वडा अध्यक्ष हेमनाथ आचार्यले आफू यहि वडाको जनप्रतिनिधि भएकाले बिद्यालको गुणस्तरीय शिक्षाका लागी संधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस पर्वत काठमाडौ सम्पर्क समितिका सल्लाहकार वालचन्द्र पौडेलले शिक्षकको इमानदारीता, विद्यार्थीको लगनशिलता र अभिभावकको चासोवाट नै गुणस्तरयुक्त शिक्षाको वातावरण शृजना हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस यिनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, नेपाल बिद्यार्थी संघ जनप्रिय क्यापसका उपाध्यक्ष किशान थापा लगायतले बोल्नुभएको थियो ।
जनकल्याण प्राथमिक विद्यालयका अध्यक्ष नेत्र बहादुर शिलवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक ममता खड्का क्षेत्री र संचालन प्रधानाध्यापक उमाकान्त बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगिताका पुरस्कार वितरण तथा बिद्यार्थी र स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।