पर्वतको फलेवासमा नेकपा नगरकमिटिको सपथ ग्रहण तथा पहिलो पुर्ण वैठक - News site from Nepal

पर्वत- नेकपा फलेवास नगर कमिटीको सपथग्रहण तथा पहिलो बैठक सम्पन्न । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक शुक्रबार फलेवासमा सम्पन्न भएको छ ।
नेकपाको फलेवास नगर सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित नगरकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले पार्टी एकताले पुर्णता पाएसँगै संगठनलाई मजबुत बनाउने काम भैरहेको बताउँदै पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बिश्वास दिलाउँनुभयो । सरकारले बुधवार ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्तै लोकप्रिय रहेको बताउनुभयो ।
उहाँले बजेटका राम्रा पक्षहरुलाई तल्ला तहसम्म पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेकपाको सरकारले आगामी बर्षको बजेटबाट लोकप्रिय कार्यक्रम ल्याएको र अहिले सम्म बिपक्षीले चलाएका भ्रम चिर्ने काम बजेटबाटै भएको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक तथा प्रदेश कमिटिका सदस्य मनोहर बी पौडेल, नेकपा पर्वतका सचिब तथा प्रदेश कमिटि सदस्य सुदिप कुँवरले मुलुकमा पुंजीबादको बिकास गर्दै बैज्ञानिक समाजबादमा पुग्नका लागि पार्टी एकता भएकाले एकताको मर्म र भावना अनुरुप लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मोतिप्रसाद पौडेल, देवेन्द्रराज पाण्डे, मनरुपा सुवेदी, जिल्ला सदस्य भक्त कुँवर, गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो । नगर कमिटी अध्यक्ष पितम्बर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कमिटी सचिव शोभा क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!