आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माण कार्य शुरु - News site from Nepal

पर्वत । कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नका लागि पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका वी सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय सरकारबाट पर्यटकीय पदमार्ग निर्माणको लागि प्राप्त भएको ५० लाख रकमबाट चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु हुन लागेको उक्त पदमार्गको प्रतिनिधि सभा सदस्य गिरीले शिल्यान्यास गरेका हुन ।
शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले देशभरका १ सय पर्यटकीय स्थल मध्ये दुर्लुङको क्यानोनिङलाई पर्न सफल भएको भन्दै उक्त स्थानको भौतिक संरचनाको विकास अव छिट्टै हुने विश्वास दिलाए । आफ्नो गृह वडा समेत रहेको दुर्लुङलाई अवको केहि बर्षमा विकसित दुर्लुङ बनाउने उद्घोष समेत गरे ।
उनले कुश्मा देखि दुर्लुङको वडा कार्यालय आउने सडक अर्कोसम्म कालोपत्रे र ढलान भइसक्ने बताउँदै पदमार्ग निर्माण भएपछि पर्यटकीयको संख्यामा बृद्धि हुने दावी गरे । दुर्लुङलाई अव उराठलाग्दो होइन मोहानी लाग्दो बनाउने वाचा गर्दै सांसद गिरीले पदमार्गका कारण आउने पर्यटकलाई बास बसाल्नका लागि होम स्टेलाई अझै धेरे ब्यवस्थित गर्नुपर्ने धारणा राखे ।
आम्बोट खोलाबाट शुरु हुने पदमार्गको लागि हाल ३ हजार ६ सय मिटर काम हुनेछ । उक्त दुरीले चनौटे गाउँ जोडिनेछ । पर्यटन प्रवद्र्धनका अभियान्ता गोलमान गुरुङका अनुसार क्यानोनिङ पुग्न पैदल यात्रा गर्न चाहने पर्यटकका लागि पदमार्ग निर्माण गर्ने र गाडीबाट आउने चाहने पर्यटकका लागि सडक विस्तार गरिने जानकारी गराए ।
वडा अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङबासीका सवै खालका समस्याहरु समाधान गर्न स्थानीय सरकार पनि तयार रहेको भन्दै सघिय सरकारबाट प्राप्त रकमको सहि सदुपयोग गर्न उपभोक्ता समितिलाई आग्रह गरे । पदमार्ग निर्माण हुँदा क्यानोनिङ र होम स्टेमा आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!