पर्वत–कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यान जिल्ला कार्यसमिति पर्वतको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले खड्बहादुर गुरुङ मदनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
क्यानको उपाध्यक्षमा अच्युत पौडेल, सचिबमा भरत सापकोटा, सहसचिबमा मिलन पौडेल, कोषाध्यक्षमा विष्णुप्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा रमेश प्रसाद शर्मा, उत्तम केसी, आशिष पौडेल र विमलप्रसाद आचार्य रहनुभएको छ ।
अधिवेशनले केन्द्रिय पार्षदमा ढाकाराम सापकोटा, विश्वराज पाण्डे, गोपिनाथ तिमिल्सिना, खड्कबहादुर गुरुङ र मिलन पौडेललाई चयन गरको छ ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिब जगतबहादुर गुरुङ, केन्द्रिय सदस्य अशोकबहादुर राना, गण्डकी प्रदेश अध्यक्ष चिन्तामणी बास्तोला, निवर्तमान अध्यक्ष ढाकाराम सापकोटा लगायतले बोल्नुभएको थियो ।
अध्यक्ष गोपिनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष अच्युत पौडेल र संचालन खड्कबहादुर गुरुङले गर्नुभएको थियो ।






