पर्वतमा यसरी मनाईयो गणतन्त्र दिवस - News site from Nepal
पर्वतमा यसरी मनाईयो गणतन्त्र दिवस

पर्वत- जिल्लामा मंगलबार भब्य प्रभातफेरी र प्रबचन कार्यक्रम सहित गणतन्त्र दिवश मनाईएको छ ।
गणतन्त्र दिवस जिल्ला मूल समाहरोह समितिको आयोजनामा गणतन्त्र दिवश प्रभातफेरी र प्रवचन कार्यक्रम गरेर मनाईएको हो ।
पर्वत जिल्ला अस्पतालमा बिरामीलाई फलफुल बितरण गरेर शुरु भएको प्रभातफेरीमा सहभागीले लोकतान्त्रिक चोकमा दोस्रो जनआन्दोलनका शहीद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर प्रबचन कार्यक्रममा परिण भएको थियो ।

प्रवचन कार्यक्रमका अधिकांश वक्ताहरुले गणतन्त्र आएपनि जनताले साँचो अर्थमा परिर्वतनको अनुभूति गर्न नपाएको भन्दै शासन फेरिएपनि ब्यबहार फेरिनुपर्ने कुरामा जोड दिएका थिए । जनताले गणतन्त्रमा शान्ति, सम्बृद्धि र राजनैतिक स्थिरता हुने बिश्वास गरेपनि दलहरुका बिचमा अझै पनि जनमत अनुसार शासन गर्ने सोच र शैली फेरिन नसकेको भन्दै आलोचना गरे । प्रवचन कार्यक्रममा उपस्थित राजनैतिक दलका नेताहरुले एक अर्कामा आरोप प्रत्यारोपमा बिताएका थिए भने सामाजिक संस्था र निजामती क्षेत्रका ब्यक्तिहरुले बिद्यीको शासन, चुस्तदुरुस्त र जनमुखी प्रशासन र लगानी मैत्री तथा पुर्ण स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाउने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जनताले चाहेको साँचो परिर्वतनको अनुभूति दिने काममा राजनैतिक दल देखि सबै तह र तप्काले भूमिका खेल्नुपर्छ भन्नुभयो । उहाँले अहिले राजनैतक स्थिरता सहित आर्थिक सम्बृद्धिको आधार तयार हुँदै गएको चर्चा गर्दै अब समाजबादमा जाने बाटोमा सबै दलका बिचमा सहकार्य आवश्यकतामा जोड दिनुभयो । जिल्ला समन्वय समितिकी उपप्रमुख यामकुमारी रानाले जनताले परिर्वतन खोजेको भन्दै त्यसमा लाग्न आग्रह गर्नुभयो । जिल्ला न्यायधीश सुर्यबहादुर थापाले नयाँ संबिधानले कानुनको सर्बोच्चता स्थापित गरेको बताउँदै संबिबधानले प्रत्याभूत गरेका हक अधिकारलाई ब्यबहारमा कार्यान्वयन गर्न सक्दा जनताले गणतन्त्रको असली फल प्राप्त गर्न सक्नछन भन्नुभयो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवाप्रवाहलाई जनमैत्री र परिणाम मुखी बनाउन सक्दा जनताले परिर्वतन भएको छ भनेर बिश्वास गर्न सक्ने भएकाले सबै राष्ट्रसेवकले त्यस तर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमितीका सदस्य मेघनाथ सुवेदीले पर्वत जिल्लामा वर्तमान सरकार र जनप्रतिनिधीले सडक, खानेपानी, पुल, कृषि, पशुपालनको क्षत्रेमा ठुलो परिर्वतन हुन सक्ने गरि काम अघि बढाएको चर्चा गर्दै पाँच बर्षमा कसैले कल्पना नै नगरेको बिकास गरेर देखाइने दाबी गर्नुभयो । उहाँले आफुँले पर्वतको बिकास गर्न नसकेको कुण्ठा अहिले सरकारले गरेको कामलाई बिरोध गरेर मेट्न प्रयास नगर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । नेकपाका जिल्ला नेता भक्त कुवँरले वर्तमान सरकारले आर्थिक, सामाजिक क्षेत्रमा जनताले अनुभुत गर्ने गरि परिर्वतन गर्ने काम गरिरहेको छ भन्नुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भूषालले राजतन्त्र फालेर अरु कसैलाई वादशाह वनाउन गणतन्त्र नल्याएको बताउँदै वर्तमान सरकार अधिनायकबादको बाटोमा गएको आरोप लगाउनभयो । समाजबादी पार्टी नेपालकी देबी लामिछानेले शहीदको रगत खेर जान दिनुहुँदैन भन्नुभयो ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वतन्त्रतापुर्वक ब्यबसाय गर्ने वातावरण गणतन्त्रमा पनि आउन नसेकेको बताउनुभयो भने पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्माले ब्यबस्था परिर्वतन भएपनि ब्यबहार तथा मानसिकतामा परिर्वतन आउन नसकेको बताउनुभयो । कार्यक्रममा स्वागत कुस्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन निमित्त जिल्ला समन्वय अधिकारी कमल पूनले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!