लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
यसरी गरिँदै छ कुश्माबजारका सडक कालोपत्रे - News site from Nepal
यसरी गरिँदै छ कुश्माबजारका सडक कालोपत्रे

पर्वत– पर्वत सदरमुकाम कुस्माबजार भित्रका सवैजसो सडकहरु आगामी दुई बर्ष भित्रमा कालोपत्रे हुने भएका छन । प्रदेश नं. ४ को सरकारले कुश्मालाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने तयारी गरेकै बेला कुश्माबजारको सवै सडक कालोपत्रे हुने भएको हो ।
शहरी बिकास मन्त्रालयको शहरी सघन विकास कार्यक्रम अन्तर्गत कुश्माबजार भित्रका मुल सडकहरु कालोपत्रे र मर्मत हुने भएका हुन् । कुस्माबजारमा स्थानियबासीको समेत जनसहभागितामा डेढ दशक अघि कालोपत्रे गरिएका सडकहरु भत्केर जीर्ण बनेका बेला कालोपत्रे हुने भएका हुन् ।
जीर्ण भएका सडकमा ब्यबस्थित फुटपाथ सहितको सडक निर्माण गर्न शहरी बिकास तथा भवन निर्माण डिभीजन पोखराले काम शुरु गरेको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कुस्मा बजारको झण्डै ५ किलोमिटर मुल वाटोहरु निर्माण र मर्मत पछि जीर्ण र भत्केका पूर्वाधार निर्माण सम्पन्न हुने भएका छन् । मंगलवारदेखि बिस्तृत सर्वेक्षण सहितको काम शुरु भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!