कुश्मा–बलेवा यान्त्रिक पुलमा कुनै प्राविधिक समस्या छैन, पर्यटन वर्ष लक्षित विशेष योजना ल्याउने तयारी ः संचालक - News site from Nepal

पर्वत / कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन ।
यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो ।
यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै लठ्ठा चुडिने कुनै संभावना नै नभएको स्पष्ट पारेको छ । ‘लठ्ठामा कुनै समस्या नै नदेखिएको र लठ्ठा चुडिने संभावना नै नभएको बिषयलाई भ्रामक रुपमा प्रचार गरि बद्नाम गर्न खोजिएको छ’ सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ‘फेसबुक पेजमा राखिएका यस्ता मिथ्या समाचारको पछाडी नलागी ढुक्क भएर यात्रा गर्दा हुन्छ, यात्रुको सुरक्षाको जिम्मा हामी लिन्छौ’
यान्त्रिक पुलले हरेक दुई बर्ष पुलका डब्बा घुमाउने लठ्ठा परिर्वतन गर्दै आएको र लठ्ठाको एक दुई वटा मसिना तार समेत चुडिएको अबस्थामा पनि बन्द गरेर मर्मत गर्दै आएको कम्पनीले जनाएको छ । केही दिन पहिले पुलको बलेवास्टेशनमा डब्बा लिगबाट थोरै बाहिर जाँदा ढल्कन पुगेको र कर्मचारीले लिगमा राखेपछि १० मिनेट पछि नै नियमित रुपमा सञ्चालन भएको बिषयलाई अतिरञ्जित गर्ने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बलेवा न्युज नामक फेसबुक सञ्चालकका बिरुद्ध यान्त्रिक पुलले भ्रामक सुचना फैलाएको भन्दै काबार्हीका लागि प्रहरीमा उजुरी दिएको छ । उक्त पेजको सञ्चालक र समाचार शेयर गर्नेहरुको बारेमा प्रहरीले समेत खोजी गरिरहेको बताइएको छ।
यान्त्रिक पुल २०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका खेलेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएका छन भने चाडबाडमा भीड लाग्ने गरेको छ । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका गरी ४ सय ६३ जना सर्वसारधणले लगानी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!