एकिकृत नमुना कृषि फार्म चलाउँदै बैशाली सहकारी - News site from Nepal
एकिकृत नमुना कृषि फार्म चलाउँदै बैशाली सहकारी

पर्वत- पछिल्लो समय बजारमा बेग्रल्ती सहकारी संस्थाहरु सञ्चालनमा आएका छन । कृषिमा लगानी गर्ने उद्देश्य सहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र चर्को ब्याजदर असुले मिटर ब्याजी कारोबार गर्दै आएको आरोप पनि लाग्दै आएको छ ।
तर सबै सहकारीले ऐन नियम भन्दा बाहिर गएर कारोबार गर्दैनन भन्ने उदाहरण बनेको छ कुस्माको बैंशाली कृषि सहरकारी संस्था । यो सहकारीले मोदी गाउँपालिका वडा नं ४ मा नमुना एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएको छ । सहकारीले क्याङ्गको अर्किटामा गएको असोज देखि नमुना एकिकृत कृषि फर्म सञ्चालनमा ल्याएको छ ।
सहकारी संस्थाले दिएको जानकारी अनुसार २० लाख रुपैंयाको लगानीमा फर्म स्थापना गरिएको छ । फर्मका लागि २० रोपनी जग्गा लिइएको छ र त्यहाँ मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ । पहिलो चरणमा काक्रा, गोलभेंडा, मुला लगायतका ताजा तरकारी खेती गरिएको सहकारीका ब्यबस्थापक लालबहादुर पुर्जाले जानकारी दिनुभयो । एक सिजनमा झण्डै ३ लाख आम्दानी गर्न सफल भएको उहाँको भनाई छ । ‘यस बर्ष राम्रो आम्दानी गर्ने लक्ष्य थियो’ उहाँले भन्नुभयो ‘हिउँदमा असिना र बेमौसमी बर्षाका कारण धेरै क्षति बेर्होनु परेको छ ।’
यसपटक खाडी मुलुकमा लोकप्रिय भएको काक्रो खेती गर्दा बजारमा केही समस्या भएपनि सहकारीका सदस्यहरुले मन पराएकोले बिक्रीमा समस्या भएन । सलादको रुपमा प्रयोग हुने हरियो काक्रो उत्पादन भएको थियो । उत्पादित गोलभेंडाका लागि भने बजारको समस्या छैन । बजारमा गोलभेंडाको भाउमा आएको उतारचढाबका कारण भने समस्या भएको उहाँको भनाई छ । कहिले एक सय भन्दा माथि पुग्छ उहाँले भन्नुभयो कहिले ४० मा पनि बेच्नुपर्छ, बजार र मुल्यको सुनिश्चितता गर्न आवश्यक छ ।
सहकारीले अहिले सम्म आफ्नै लगानीमा फार्म सञ्चालन गरेको हो । प्रदेश सरकार र स्थानिय तहबाट ठुलो रकम अनुदान लिएर फर्म चलाउने तर अनुदानको रकम सकिएपछि ब्यबसाय छाड्ने प्रबृत्ति धेरै छ । यस्तो बेला आफैं लगानी गरेको सहकारीले भविश्यमा फर्म बिस्तार गर्ने योजना बनाएको ब्यबस्थापक पुर्जाले बताउनुभयो। भविश्यमा अनुदान नै नलिने निति भने नरहेको उहाँको भनाई छ । सहकारीमा २ सय ६ जना शेयर सदस्य रहेका छन । शेयर सदस्य अधिकाँश मगर समुदायका ब्यक्तिलाई समेटिएको छ ।
सहकारी कृषि संगै पशुपालनको योजना समेत बनाएको छ । बाख्रापालनको राम्रो संभावना रहेका कारण आगामी बर्ष देखि ४० वटा बाख्राबाट यो ब्यबसाय पनि शुरु गरिने र भविश्यमा कृषि फर्म र बाख्रा फर्म बिस्तार गर्ने योजना रहेको ब्यबस्थापक पुर्जाको भनाई छ । फर्ममा ४ सय सम्म बाख्रा पाल्ने योजना सहकारीले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!