कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक - News site from Nepal
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ।  इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो।
इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।
भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!