पर्वत । गएको स्थानिय तहको निर्वाचनमा फलेबास नगरपालिकामा उमेदवार बनेका नेपाली कांग्रेसका नेताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।
नेपाली कांग्रेसबाट फलेबास नगरपालिका वडा नं ९ भंगारामा सदस्य पदका दुई उमेदवार सहित ठुलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका हुन ।
नेकपा प्रबेश गर्नेहरुमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यका उमेदवार माया नेपाली र मनबहादुर क्षेत्री रहेका छन । दुई उमेदवार संगै नेपाली कांग्रेसका नेता डिल्लाीप्रसाद सुबेदी, सुदिप क्षेत्री, बलबहादुर क्षेत्री लगायत रहेका छन ।
पार्टी प्रबेश गर्नेहरुलाई फलेबास नगरपालिकाका मेयर तथा नेकपा जिल्ला कार्यालय सदस्य पदमपाणी शर्माले टिका र खादा लगाएर स्वागत गरे। कार्यक्रममा बोल्दै मेयर शर्माले अबको ३० बर्ष नेपालमा कम्युनिष्ट पार्टीले हरेक तहका सरकार सञ्चालन गर्ने दाबी गर्दै सम्बृद्ध नेपाल बनाउने सपना कम्युनिष्टहरुले साकार बनाएर देखाउँछन भने । उनले नेपाललाई बिकासशिल राष्ट्रको सुचीमा पु¥याउने काम कम्युनिष्टकै नेतृत्वमा हुन लागेकाले अन्य पार्टीका नेता कार्यकर्ताहरु ढिलो नगरि नेकपामा प्रबेश गर्न आग्रह पनि गरे । नेकपा फलेबास नगरकमिटीका अध्यक्ष पिताम्बर घिमिरेले नेकपाले फलेबासलाई नमुना नगरपालिका बनाउने घोषणा गरे ।
नेकपा वडा कमिटीका अध्यक्ष होमबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा फलेबास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गंगाधर शर्मा, जिल्ला सदस्य परशुराम सुबेदी, भुपु जिबिस उपसभापति टिकाराम भुसाल, फलेबास नगरकमिटी सदस्य देबीप्रसाद तिमिल्सिना, नेकपाका नेता नरेन्द्रराज शर्मा, स्थानिय नेता टिकाराम भुसाल लगायतले मन्तब्य ब्यक्त गरेका छन ।






