पर्वतको शंकरपोखरीकी मनीषा रिजाल तीन दिनदेखि सम्पर्कविहीन - News site from Nepal
पर्वतको शंकरपोखरीकी मनीषा रिजाल तीन दिनदेखि सम्पर्कविहीन

पर्वत : फलेवास नगरपालिका–२ शंकरपोखरीकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन्। पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनीषा रिजाल जेठ १० बिहान साढे ७ बजेदेखि बेपत्ता भएही हुन्।
उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए। छ महिनादेखि शंकरपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालिम गरिरहेकी मनीषा तालिममा जान घरबाट निस्किएकी थिइन्। तर घर नफर्किएको र आफन्तको सम्पर्कमा नरहेपछि खोजी सुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए। चितवनमा माइती भएकी उनले मनीषाले दुई वर्षअघि विवाह गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कबिहीन रहेकी मनीषाको खोजीलाई तीव्र पारिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूमा पनि फोटोसहित पठाइएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!