मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै - News site from Nepal
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ- ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हेलिकप्टरमा सवार सबैको निधन भएको आशङ्का गरिएको तर त्यहाँ पुगेका सुरक्षाकर्मीले शव चिह्न नसकेको बुझिएको छ ।
मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!