पर्वतका सिडीओको विकास निर्माणमा चासो, गाउँ गाउँमा पुगेर योजनाको अनुगमन - News site from Nepal

पर्वत– मुलुक यतिवेला विकास र समृद्धिको चरणमा अघि बढिरहेको छ । तीनै तहको निर्वाचनपछि तीनवटै तहका सरकारमा स्थायी जनप्रतिनिधिहरु निर्वाचित भएको पनि झण्डै दुई वर्ष पुग्न लागिसकेको छ । अबको युग भनेको मुलुकको आर्थिक समृद्धि र विकासको हो भनेर जनप्रतिनिधिहरुले भनिरहेका बेला पर्वतको समग्र विकास निर्माणको बारेमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले चासो दिन थाल्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयको काम, शान्ति सुरक्षा जस्तो महत्वपुर्ण जिम्मेवारी सँगसँगै जिल्लामा निर्माण भैरहेका विकास निर्माणका कामलाई पनि समयमै सम्पन्न गर्नका लागि आफु सक्रिय बनेको उहाँले बताउनुभयो ।
कतिपय योजनामा सानातीना समस्याले पनि निर्धारित समयमा ढिलाई भैरहेको र कतिपयमा निर्माण व्यावसायीको लापरवाहिले काम हुन नसकेको पाईएको छ । पमुख जिल्ला अधिकारी ढकालले सदरमुकाम कुश्माबजारदेखि दक्षिण पवतको सेतीवेणी सम्म संचालित योजनाहरुको अवस्था, निर्माण चरणमा देखिएका समस्याको बारेमा जानकारी लिनुभएको छ । संघीय सरकारको मातहतमा रहेको महत्वपुर्ण कार्यालयको जिम्मेवारीमा रहनुभएका सिडीओ ढकालले आफ्नो कार्यक्षेत्रभित्र रहेका सवै समस्याको समाधान गर्ने उद्धेश्यले गाउँ दौडाहमा जाने गरेको बताउनुभयो ।
सिडीओ ढकालले कुश्माबजारमा निर्माण भैरहेको रिङ्गरोड, कालीगण्डकी लोकमार्ग, लमाए–लुंखु सडक लगायत विभिन्न खानेपानी, सिंचाई, सडक, पुल लगायतका बिकास निर्माणको निरिक्षण गरि समयमै काम सम्पन्न गर्न र सवै काम मापदण्ड अनुसारकै गुणस्तरीय बनाउन आग्रह गरेको बताउनुभयो ।

उहाँले विकास निर्माको काममा कुनै पक्षवाट अबरोध भएमा वा बाधा आइ परेमा तत्काल खबर गर्न आग्रह गर्दै सम्वन्धित निकायसँग आवश्यक समन्वय गर्ने समेत बताउनुभयो । उहाँले विकास निर्माणका काममा चुस्त दुरुन्त र पारदर्शि ढंगवाट होस् भनेर आफुले अनुगमन गर्न थालेको पनि बताउनुभयो ।
उहाँले स्थानीय तहका वा संयोग मिलेमा प्रदेश र संघीय जनप्रतिनिधिहरुलाई समेत लगेर योजनाहरुको बारेमा अनुगमन गर्न थाल्नुभएको पाइएको छ । केहि दिन अघि दक्षिण पर्वत पुग्नुभएका ढकालले अब उत्तरी क्षेत्रतर्फका कामहरु पनि अनुगमन गर्ने जानकारी दिनुभयो । ढकाल हालै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल सहित दक्षिण पर्वतका योजना अनुगमनमा गएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!