पर्वतमा यसरी मनाए रविका समर्थकहरुले खुसियाली - News site from Nepal
पर्वतमा यसरी मनाए रविका समर्थकहरुले खुसियाली

सुवास शर्मा लामिछाने
पर्वत– सञ्चारकर्मी रवि लामिछाने, युबराज कंडेल र अस्मिता कार्की जिल्ला अदालत चितवनबाट रिहा भएको खुसियालीमा पर्बतमा दिप प्रज्वलन गरिएको छ ।
पर्वतमा विभिन्ने क्षेत्रमा आवद्ध युवाहरुले सत्यको जीत भएको भन्दै आपसमा खुसियाली साटासाट गरि दिप प्रज्वलन गरेका हुन । रविलाई चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले पाँच लाख धरौटीमा तारेखमा रिहा गरेसंगै पर्बतमा पनि खुसियाली साटासाट शुरु भएको छ ।
कुश्माको लोकतान्त्रीक चोकमा भेला भई समर्थकहरुले खुसियाली मनाएका हुन । खुसियाली साटासाटको क्रममा बोल्दै याम परियार शिवले निर्दोष मानिसहरुलाई ११ दिन सम्म हिरासतमा राखी अन्याय गरेकोमा आपत्ति जनाए । उनले अपराधी शैलीमा टेलिभिजनको स्टुडियोबाट सञ्चारकर्मीलाई प्रहरीले लगि सरकारले प्रभावमा पारेको बताउँदै ११ दिन सम्म थुनामा राखेको भन्दै बिरोध समेत जनाएका थिए । त्यस्तै अर्का युवा शिशिर पौडेलले रबि रिहाई भएकोमा पर्बत बासि सबैमा खुसि छाएको भन्दै आगामि दिनमा अझै बढी जनताको लाकप्रिय बनेर देखाउन शुभकामना समेत दिए । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!