एसईईको नतिजा प्रकाशन आज गर्ने तयारी - News site from Nepal
एसईईको नतिजा प्रकाशन आज गर्ने तयारी

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 
गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । 
उपनियन्त्रक शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!