नेकपा नेत्री तथा संविधानसभा सदस्य कमला सुवेदीको निधन - News site from Nepal
नेकपा नेत्री तथा संविधानसभा सदस्य कमला सुवेदीको निधन

 काठमाडौं : संविधानसभा सदस्य एवं तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ। सुवेदीको भक्तपुरको लोकन्थलीस्थित निवासमै शनिबार विहान निधन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले जानकारी दिए।
५१ वर्षीया सुवेदी ब्रेन ट्युमरबाट पीडित थिइन्। गतको पुसमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको अप्रेशन पनि गरिएको थियो।  सुवेदी २०६४ सालको संविधानसभा चुनावमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी थिइन्।
उनको बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सुवेदीको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए।
अन्तिम श्रद्धाञ्जली दिन नेकपाका महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्यलगायत आर्यघाट पुगेका थिए। सुवेदीका श्रीमान्, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!