पर्वतको ठुलीपोखरीमा बुडिखोला–तिजुखोला सिंचाई आयोजनाको निर्माणकार्य शुरु, मन्त्री लम्सालद्धारा सिलन्यास - News site from Nepal

पर्वत–पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नयाँ सिंचाई आयोजना शुरु भएको छ ।
साबिक ठूलीपोखरीको २ बुमी स्थित टारमा रहेको खेतवारीमा सिंचाई सुविधा उपलव्ध गराउने उद्धेश्यले बुढीखोला–तिजुखोला सिंचाइ आयोजना शुरु भएको हो । पानीको अभावमा उर्वर भूमि भएपनि स्थानीयले हिउँदमा बाँझै राख्नुपर्ने अवस्था रहेको थियो । गण्डकी प्रदेश भौतीक पूर्वाधार मन्त्रालयकाबाट चालु आर्थिक वर्षबाटै काम शुरु गर्नेगरी बजेट बिनीयोजन भएपछि निर्माण कार्य थालिएको हो । गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा रु.१ करोड ६४ लाख ७५ हजार रुपैयाको लागतमा निर्माण गर्न थालिएको आयोजनाको जिम्मा पर्वतमाला कन्ट्रक्सन प्रालिले पाएको छ । एक वर्ष भित्र सम्पन्न हुने उक्त सिंचाई आयोजनाबाट साविक ठुलीपेखरी गाविस वडा नं. २ का झण्डै एक सय घरपरिवार लाभान्वित हुने छन् भने ६ सय हेक्टर क्षेत्रफल सिंचित हुने छ ।

यसैबीच उक्त आयोजनाका गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले शुक्रवार शिलन्यास गर्नुभएको छ । आयोजनाको शिलन्यास गर्दै मन्त्री लम्सालले समयमै सम्पन्न गर्न र निर्माण कार्यमा सवैले सघाउ पु¥याउन आग्रह गर्नुभयो । मन्त्री लम्सालले अब कुनैपनि ठाउँ विकासबाट पछाडि नपर्ने बताउनुभयो । लामो संघर्षपछि मुलुकमा राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै अब विकास निर्माणमा प्रतिस्पर्धा गरी समृद्ध मुलुक निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अब गण्डकी प्रदेशका नागरिकहरु कुनैपनि अवसरबाट बञ्चित हुन नपर्ने गरी सरकारले निति तथा कार्यक्रम अघि सारेको पनि बताउनुभयो । मन्त्री लम्सालले सिंचाईको आयोजना निर्माण सम्पन्न भएपछि स्थानीयवासीहरुको आयआर्जनमा सुधार आउने बताउनुभयो । उहाँले पानीको भरपुर उपयोग गरी व्यावसायिक कृषक बन्न आग्रह गर्दै जुनसुकै व्यावसायमा लाग्ने युवाहरुलाई राज्यले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पाँच वर्ष भित्र सवै स्थानीय तहहरुलाई कृषि, उर्जा, उद्योग, पर्यटन लगायतबाट आत्मनिर्भर बनाउन लागि परेको बताउनुभयो । अर्को प्रसंगमा मन्त्री लम्सालले पर्वतल जिल्लाले अहिले संघ र प्रदेशवाट पनि ऐतिहासिक अवसर प्राप्त गरेको बताउँदै यो अवसरलाई उपयोग गरी पाँच वर्ष भित्रमा पर्वतलाई विकसित जिल्लाको रुपमा परिचित गराईने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले समयमै काम सम्पन्न गर्ने ठेकेदारले बोनस र नसक्ने ठेकेदारले जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा नेकपाका नेता शंकर गिरी, नेपाली काँग्रेसका नेता हेमराज सापकोटाले पनि बोल्नुभएको थियो । सिंचाई उपभोक्ता समितिका अध्यक्ष बेदप्रसाद सुवेदीको अध्यक्षतामा स्म्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जनार्दन सापकोटा र संचालन ढाकाराम गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!