पर्वत– एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा पक्राउ परेका विप्लब समुहका एक कार्यकर्ता रिहा भएका छन् ।
त्रगत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको टावरमा आगजनी गरेको आशंकमा पक्राउ परेका पर्वतको मोदी गाउँपालिका वडा नं. ६ कै स्थानीय प्रकाशजंग लामिछानेलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतवार २० हजार रुपैया धरौटीमा रिहा गरेको हो ।
सार्वजनिक शान्ति सुरक्षाको कसुरमा पक्राउ परेका उनलाई प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको आदेशमा २० हजार धरौटी सहित तारेखमा रिहा गरिएको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिए । उनलाई अनुसन्धानका लागि २२ दिन हिरासतमा राखिएको थियो ।
टावरको आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहकै संलग्नता हुनुपर्ने भन्दै लामिछानेलाई पक्राउ गरेको हो । आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो ।






