BREAKING NEWS-पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु - News site from Nepal
BREAKING NEWS-पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु

पर्वत/ पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 
लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते ४ जना घाइते भएको र उनीहरुको लुखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
लुंखुस्थित बाणिज्य बैंकमा आएर घर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेका छन । घटनास्थलमा उद्दारको काम भैरहेको वडा अध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिए । थप बिबरण भने आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!