नेपालमा मनसुन सक्रिय, अत्याधिक वर्षाको सम्भावना - News site from Nepal
नेपालमा मनसुन सक्रिय, अत्याधिक वर्षाको सम्भावना

काठमाडौं : बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ।
मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ।  शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो। गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘बादलले नेपालका अधिकांश भाग ओगेटेको छ,’ मौसमविद् सुवास रिमालले भने, ‘तर अब दुुई दिन पश्चिम भेगमा केही स्थानमा भारी वर्षा हुनेछ। ’ पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ। पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको उनले जानकारी दिए।
महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ। त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!