मगर महोत्सव: पर्यटनबाटै विकास र समृद्धि हासिल गर्छौै ः मन्त्री लम्साल - News site from Nepal

पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रवाटै गण्डकी प्रदेशको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा संचालित प्रथम मगर महोत्सवलाई सम्वोधन गर्दै मन्त्री लम्सालले विभिन्न जातजाती, भाषाभाषी र कला संस्कृतिका साथै भौगोलिक सुन्दरताले भरिपुर्ण यो प्रदेशको विकासमा पर्यटन व्यावसाय सवैभन्दा ठुलो आधार भएको बताउनुभयो । उहाँले सन् २०२२ सम्म बीस लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा गर्नका लागि सरकार अहिले आधारहरु बनाउँदै लगिएको बताउँदै त्यसको शुरुवात सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेर थालिएको बताउनुभयो । पर्यटकको राजधानीको रुपमा रहेको पोखरामा आउने पर्यटकलाई प्रदेशका ८५ वटै स्थानीय तहसम्म पु¥याउन सरकारले हर तरहले प्रयत्न गरेको मन्त्री लम्सालको भनाई रहेको छ ।
अर्को प्रसंगमा जुन क्षेत्रमा जुन जातिको बाहुल्यता छ ति ठाउँविषेशको आधारमा परम्परागत कला संकृति संरक्षण गर्ने खालका कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । विशेष गरी मगर समुदाय, गुरुङ्ग समुदाय र थारु समुदायमा उनिहरुको कला संस्कृतिको संरक्षणका लागि छुट्टाछुट्टै संग्राहलय निर्माण गरिने पनि मन्त्री लम्सालको भनाई रहेको छ । पर्वतमा मगर समुदायले बनाउन लागेको संग्राहलयका लागि पनि प्रदेशले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लम्सालले पाँच वर्ष भित्रमा यो प्रदेश नमुनाको रुपमा अघि बढ्ने बताउँदै विकास निर्माण लगायत भौतिक पूर्वाधारले सम्पन्न बनाईने बताउनुभयो । उहाँले यो प्रदेशका सवै स्थानीय तहमा तीन सय होमस्टे विस्तार गरिने बताउँदै त्यसका लागि सरकारले यसै वर्ष रु ३० करोड बिनीयोजन गरेको पनि बताउनुभयो । उहाँले अब नागरिकले विगतमा जस्तो निरास भएर बस्नुपर्ने अवस्था नहुने बताउँदै फागुन २१ पछि अझै देखिने गरी र तल्लो तहका नागरिकले पनि अनुभूति गर्नेगरी विकास हुने बताउनुभयो ।
फागुन १५ गतेसम्म संचालन हुने महोत्सव अवलोकनका लागि दर्शकहरुको भिड लागेको छ । एक लाख दर्शक भित्र्याउने लक्ष्य रहेको महोत्सवमा शनिवार सवैभन्दा बढि भिड लागेको आयोजक पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न कन्सर्टहरु, दोहोरी गीत, भलिवल, डान्स आइडल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!