पर्वत– नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा नेकपा जिल्ला कमिटि पर्वतको आयोजनामा पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फुलफुल वितरण गरिएको छ ।
७० औ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने सर्कुलर अनुसार पर्वतमा फलफुल वितरण गरिएको नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालममा उपचाररत ८ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै नेताहरुले लामो समयको प्रयासपछि पार्टीका तल्ला तहहरुले पनि पुर्णता पाएको बताउँदै अब मुलुकको विकास र समृद्धिका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँहरुले सरकारले अघि सारेका कामहरुलाई पुरा गर्नका लागि पार्टीले सक्रिय रुपमा सहयोग गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, देवेन्द्र राज पाण्डे जिल्ला नेताहरु भक्त कुँवर, दिपक आचार्य, शंकर गिरी, थमनारायण शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपा पर्वतका संस्थापक तोयानाथ चालिसे लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नेताहरु भिमबहादुर नेपाली, शिवलाल बस्याल, ढाकाराम सापकोटा, विक्रम ढुंगाना लगायत पनि सरिक हुनुभएको थियो ।






