
पर्वत- पर्वतको डिमुवामा ६ बोरा अबैध कुखुराको मासु नष्ट गरिएको छ ।
पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको ६ वटा बोरामा रहेको झण्डै २ सय किलो मासु नष्ट गरिएको हो ।
कास्कीमा बर्डफ्लुको संक्रमण फैलिएका बेला विना परिक्षण र बिना विल भरपाई ना ६ ख ७१८० नम्वरको बसमा राखि लैजान थालिएको सूचनाको आधारमा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
उक्त मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ्ग र स्थानीय प्रहरीचौकीका इन्चार्ज कृष्णबहादुर नेपाली लगायतको रोहबरमा महभिरमा खाल्डो खनेर नष्ट गरिएको स्थानीय पत्रकार समिर मल्लले जानकारी दिए ।
मकवानपुर, चितवन, कास्की लगायतका जिल्लाहरुमा बर्डफ्लु भेटिएपछि पर्वत लगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिवन्ध लगाइएको छ । आयतमा रोक लगाएसँगै पोखरा बागलुङ सडकको डिमुवा नाका, कार्कीनेटा र हुवास नाकाबाट कुखुरा आयातमा कडाई गरिएको छ ।