पर्वतमा बन्यो नेपाल फार्मेसी संघ पर्वतको समिति - News site from Nepal
पर्वतमा बन्यो नेपाल फार्मेसी संघ पर्वतको समिति

पर्वत : पर्वत जिल्लामा रहेर फार्मेसी पसलहरु संचालन गर्दै आएका औषधि व्यवसायीहरुले अप्mनो संगठन स्थापना गरेका छन् । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राजेश पौडेलको पहल तथा प्रमुख आतिथ्यतामा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको भेलाले पर्वत जिल्लाका लागि नेपाल फार्मेसी संघ पर्वत जिल्ला कार्यसमितिको निर्माण गरेको हो ।
भेलाले कमल हमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । उक्त समितिको उपाध्यक्षमा दिपेन्द्र तिमिल्सिना, सचिवमा राधाकुमारी शर्मा, कोषाध्यक्षमा श्याम पुन, सहसचिवमा रामबहादुर क्षेत्री, सहकोषाध्यक्षमा योगेन्द्र थापा र सदस्यहरुमा चेतबहादुर खत्री, अञ्जु श्रेष्ठ, बबिता शर्मा, सम्राट पन्त, गिता गैरे, भावना खड्का तथा मञ्जु शर्मा खनाल रहनुभएको छ । भेलाले समितिको सल्लाहकारको रुपमा ेपाल फार्मेसी संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राजेश पौडेललाई नै चयन गरेको छ ।
उक्त भेलामा बोल्दै पौडेल औषधि व्यवसयीहरुको एकता र पेशागत दक्षताका लागि पनि समिति निर्माण गर्नु खुसीको कुरा भएको बताउनुभयो । हरेक व्यक्तिको जीवन स्वस्थ भएमा मात्र राज्यले दक्ष जनशक्ति पाउने भएकोले औषधि व्यवसायीहरु अन्य पेशाका भन्दा बढी सचेत हुनुपर्ने उहाँको भनाई छ ।
कुनै पनि कारणले औषधिको कारोबार देखि सेवनसम्म तलमाथि हुँदा बिरामीको ज्यानै जान सक्ने भएकोले औषधि व्यवसायीहरुले पेशागत दक्षतामा अभैm बृद्धि गर्दै औषधि व्यवसायलाई अझै विश्वसनिय र भरपर्दो बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!