नेपालमा आज १४ घण्टा सुर्य देख्न पाइने - News site from Nepal
नेपालमा आज १४ घण्टा सुर्य देख्न पाइने

काठमाडौं :   जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। 
नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ। आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ। अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ। डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!