त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला - News site from Nepal
त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला

उदयपुर : त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला परेको बताए। ‘बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेका रहेछन,’ उनले भने, ‘बम हो कि के हो, त्यो थाहा छैन।
नेपाली सेनाको टोलीलाई बोलाएका छौं।’ सेनाको टोलीले डिस्पोज नगरी उक्त वस्तु के हो भन्ने यकिन नहुने एसपी बुढामगरले बताए। उनले भने, ‘नगरप्रहरीका अनुसार हिजो नै यही ठाउँमा वस्तु देखिएको थियो रे?’ कसले किन, केका लागि राखेको भन्ने थाहा नभएको प्रहरीको भनाइ छ। प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीले उक्त बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!